Friday, November 22, 2024
Home > मुख्य समाचार > दुईवटा ड्रोन क्यामेरासहित नेपाली नागरिक भारतमा पक्राउ

दुईवटा ड्रोन क्यामेरासहित नेपाली नागरिक भारतमा पक्राउ

दुईवटा ड्रोन क्यामेरासहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् ।

नेपाल–भारतको सीमावर्ती नाकास्थित काँकडभिट्टा जोड्ने पानीटंकीमा मेचीनगर बस्ने अन्दाजी ४० वर्षीय सन्तोष न्यौपाने दुईवटा ड्रोन क्यामेरासहित पक्राउ परेका हुन । न्यौपानेलाई सशस्त्र प्रहरी बल ४१ औँ बटालियन –एसएसबी)को टोलीले बिहीबार बेलुका पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए । एसएसबीका अनुसार नेपालबाट भारततर्फ गइरहेका न्यौपानेलाई चेकजाँच गर्दा उनको साथबाट चाइनिज कम्पनीका दुई ड्रोन क्यामेरा फेला परेको हो । बरामद गरिएको ड्रोन क्यामेराको मूल्य नेपाली रुपैयाँ चार लाख रहेको जनाइएको छ । उनलाई ड्रोन क्यामेरासहित आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *