Saturday, January 18, 2025
Home > आर्थिक समाचार > दशैं नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड

दशैं नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड

धरान । दशै नजिकिएसँगै किनमेल गर्ने उपभोक्ताहरुको वजारमा भिड लाग्न थालेको छ । निरन्तरको वर्षा अघि सुनसान देखिएको सुनसरीका वजारहरुका अहिले भने घुईँचो लाग्नथालेको हो ।

नौरथाको चौथो दिनबित्दा सुनसरीको धरान लगाएतका बजारहरुमा चहलपहल बढेको छ । खासगरी गरगहना, खाद्यान्न लत्ताकपडा किन्नेको भिड लागेको छ । बजारमा रहेका फुटपाथदेखि किराना पसल, फेन्सी स्टोर तथा ठूला डिपार्टमेन्ट स्टोरसम्म ग्राहकको भिड लागेको छ । सुनसरी उद्योग वाणिज्य संघका संगठन तथा प्रचार सचिव मानबहादुर विश्वकर्माले बजारमा भिड बढ्को बताए । उनले धेरै दिनपछि झरी रोकिएको कारण पनिबजारमाएक्कासी भिड बढेको वताए ।बराह डिपार्टमेन्ट स्टोरकाप्रमुख समेत रहेकाविकले अघिल्लावर्षहरु भन्दाचहलपहल बढेको छ, व्यापार पनि राम्रो हुने आशाव्यक्त गरे ।  बर्षा रोकिएसँगै पसलमा ग्राहकहरुको भिड लागेको स्थानिय व्यवसायी पवन शर्माले वर्षाद् कही कम भएसगै बजारमा चहलपहल बढेको वताए । उनले पसलमा आउने ग्राहकको संख्या बढेपनि व्यापार भने अपेक्षाकृत नभएको बताएका छन् ।

बजारमा चहलपहल बढेसँगै धरानको मुख्यबजार भानुचोक आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । भानुचोकदेखि छाताचोकसम्म, पुतलीलाइन, रत्नरोड र कलेज रोडमा ट्राफिक जाम बढेको छ । धरान–९ पुतलीलाइनमा फेन्सी स्टोर चलाउँदै आएका पारस आचार्यले अरु वर्ष भन्दा यस वर्ष व्यापार बढेको बताए । उनले झरी रोकिएसँगै व्यापार ह्वात्तै बढेको बताए । विभिन्न पसलमा अहिले दशैलाई लक्षित गरी व्यापारीक अफर चलिरहेको छ । त्यस्तै गरी निश्चित परिणाम खरिद गर्दा निःशुल्क सामान थप गरिदिने देखि दुई किन्दा एक निःशुल्क, भाग्यशाली ग्राहक उपहार जस्ता अफर दिइरहेका छन् । धरानमा रहेका ठूला व्यापारीक कम्पनीहरु गोरखा डिपार्टमेन्ट स्टोर, बराह डिपार्टमेन्ट स्टोर, भाटभटेनी सुपर स्टोर तथापसलहरुमाविभिन्न सामान खरिद मानिश्चित प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *