Saturday, January 18, 2025
Home > आर्थिक समाचार > दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

इलाम । दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन ।

झण्डै एक महिनादेखि कार्यालय बन्द हुँदा छोटी भन्सारको कामकारबाही प्रभावित भएको छ । विदामा घर गएका कर्मचारी नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका ४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका एकजना कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमै थिए । तर उनी दशैँपछि सार्वजनिक विदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा देखिएका छैनन् । सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायको अहिलेसम्म नजर परेको देखिँदैन । यो भन्सारले भारतको मिरिक, ओकाइटीलगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजस्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ । यस विषयमा कुनै पनि निकायले चासो नदेखाएकाले त्यस क्षेत्रमा समस्या भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *