Saturday, January 18, 2025
Home > मुख्य समाचार > त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरीकी ३६ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ बेनिघाट रोराङका ४३ वर्षीय राजन आचार्य छन् । मृतकमध्ये चार जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको ना ७ ख ४३८७ नम्बरको बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । बस सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेकोथियो । दुर्घटनाअघि बसका चालक परिवर्तन भएको घाइतेहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *