Saturday, January 18, 2025
Home > खेलकुद समाचार > त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टोलीको घोषणा

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटका लागि नेपाली टोलीको घोषणा

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आज पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । नेपालले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्सीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् । नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् । नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी–ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *