Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तोकिएको समयभित्रै काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

तोकिएको समयभित्रै काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले बाँकि रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नु भयो । उहाँले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गर्नु भयो । चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले पूरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गर्नु भयो । उहाँले विगतका भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिनु भयो । प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिनेगरी आवश्यक योजना र बजेट तय गरिएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *