Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको गन्तव्य

तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको गन्तव्य

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर अग्लो ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको गन्तव्य बनेको छ ।

सो झरना हेर्नकै लागि पछिल्लो समय दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु त्याहा पुग्ने गरेका छन् । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ह्यात्रुङ झरना दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित छ । सो ठाँउमा पर्यटकहरु दृश्यावलोकनका साथै फोटो खिच्ने तथा नुहाउने समेत गरेका छन् । पहिलो पटक झरनामा पुग्नु भएका बिराटनगरका हरि अधिकारीले आफुलाई स्र्वग झै लागेको बताउनुभयो । प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिनजसो देखिने सप्तरङगी ईन्दे्रेणीको दृष्यले पर्यटकको मन लोभ्याउने गर्दछ । यो दृष्य हेर्न कै लागी युवा देखी वृद्धाहरु समेत आउने गरेका छन् ।अग्लो स्थानबाट झरेको मनमोहक दृश्यावलोकनका लागि निकै मनमोहक देखिन्छ । बर्खायाममा पानीको श्रोत प्रसस्तै भएपनि हिउदमा झरनामा पानीको मात्रा कम हुने गरेकाले सो बेलामा पानीको ब्यवस्थापन गर्नुपर्नेमा स्थानीयबासीको भनाई छ । झरनासम्म आवत जावतका लागि सडकका समस्या देखिएकाले सडक निमार्ण र झरनाको संरक्षण तथा विकासका लागि योजना ल्याउनु पर्ने त्यहा घुम्न पुगेका पर्यटकहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *