Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तीन महिना भित्र माग सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी

तीन महिना भित्र माग सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुका माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको हो । संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । त्यसै कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु भएका संघका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पार्नु भयो ।  संघका अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगारको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । नेपाल राष्ट्र बंैकका निर्देशक नरबहादुर थापाले वार्षिक करिव ७ खर्व ३३ अर्व विप्रेषणको प्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पुर्याइरहेको बताउनु भयो ।

सरकारी तथ्यांक अनुसार नेपालमा हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारमा गएका छन । उनीहरुले पठाएको विप्रेषणको रकमबाट मुलुक धानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *