Saturday, January 18, 2025
Home > मुख्य समाचार > तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनकी श्रीमति सबिता, जेठान नविनकुमार गौली, जेठानकी श्रीमति सकुन्तला गौली र जेठानका छोरा शुलभ गौलीमाथि अख्तियारले मुद्धा दायर गरेको हो । बस्नेतले गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख अधिकृत समेत रहेका बस्नतेले विदेशबाट आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा घुस लिएको तथ्य प्रमाणित भएको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको जनाएको छ । बस्नेतले विराटनगर भन्सार कार्यालय प्रमुख हुँदा क्यारिङ व्यावसायीसँग १७ लाख घुस लिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । बस्नेतले घुस बापमत लिएको रकम पनि आफ्ना जेठान नविनकुमार गौलीको नबिल बैंकको खातामा जम्मा गर्ने गरेको अयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *