Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तराई/मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको राजपाको आरोप

तराई/मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको राजपाको आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले सरकारले तराई÷मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाउनु भएको छ ।

नेता यादवले ५२ प्रतिशत जनसंख्या भएको तराई÷मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वय हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले धेरै जनसंख्या भएको भूगोलमा २० प्रतिशत पनि बजेट विनियोजन नगरेर सरकारले तराई÷मधेशलाई बेवास्ता गरिरहेको पनि बताउनु भयो । नेता यादवले बजेटले संघीयतालाई आत्मासात गर्न नसकेको पनि बताउनु भयो । गत वर्ष भन्दा पनि यस वर्ष प्रदेश र स्थानीय तहलाई कम बजेट विनियोजन गरेको उहाँको भनाई छ । गत वर्ष प्रदेश र स्थानीय तहलाई ३४ प्रतिशत बजेट विनियोजन गरेकोमा यस वर्ष ३० प्रतिशतमा झारेकोमा नेता यादवको आपत्ति छ । नेता यादवले बजेट कार्यान्वयनका लागि आवश्यक अनुगमनकारी निकायको व्यवस्था पनि बजेटमा हुन नसकेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *