Saturday, January 18, 2025
Home > मुख्य समाचार > डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण

डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विनादेवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपूर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संघीय संसदका दुवै सदनमा शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले दैनिक जसो डेंगु संक्रमण फैलिन नदिन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । त्यसैगरी आ –आफ्नो क्षेत्रगत समस्याका विषयमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *