Saturday, January 18, 2025
Home > मुख्य समाचार > डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग

डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले ३ सय ५० रुपैयाँ मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयासम्म लिने गरेको तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गछौ’ भनेको उल्लेख गर्दै उहाँले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गर्नुभयो । वैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाडौमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टौ फैलिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *