Friday, November 22, 2024
Home > मुख्य समाचार > डा. गोविन्द केसी आगामी पुष २५ गतेदेखी असनस बस्ने

डा. गोविन्द केसी आगामी पुष २५ गतेदेखी असनस बस्ने

इलाम, १८ पुष । डा. गोविन्द केसी आगामी पुष २५ गतेदेखी पुन १६ औँ चरणको असनस बस्ने हुनुभएको छ ।

इलाममा आज पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्ना माग पुरा गर्न सरकारले केहि दिन पर्खन आग्रह गरेकाले आफुले आजदेखि सुरु गर्ने भनिएको अनसन २५ गते सम्मलाई सार्नु भएको जनाउनुभएको छ । सरकारले आफ्ना माग पुरा नगरेको भन्दै पुनः सत्याग्रहका लागि इलाम आइपुग्नु भएका डा. गोविन्द केसी सरकारको निर्णय खासै आशलाग्दो नभएको बताउनुभयो । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तिले आफ्ना सहयोगी लाई फोन गरेर केहि दिन सत्याग्रहको आन्दोलनमा नजान आग्रह गरेपछि २५ गतेसम्मलाई आन्दोलन स्थगित गर्नु परेको डा. केशीले बताउनुभयो । हिजो सम्ममा सरकाले डा. केशीका माग सम्वोधन गर्ने भनिएको थियो । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटकपटक अनशन बस्नुभएका डा. गोविन्द केसी १६ औं सत्याग्रहका लागि इलाम आइपुग्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *