Thursday, November 21, 2024
Home > मुख्य समाचार > डा. केसीलाई निमोनियाको संक्रमण, तत्काल आइसीयुमा राख्नुपर्ने

डा. केसीलाई निमोनियाको संक्रमण, तत्काल आइसीयुमा राख्नुपर्ने

इलाम, १ माघ । अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ ।

चिकित्सकहरुले केसीलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ । अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहनुभएको छ । डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । इलाम अस्पतालमा यो सेवा उपलब्ध छैन । तर, डा. केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेको केसीका सहयोगी धर्म गौतमले बताउनुभयो । सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सहमत गराएर सोमबार जिल्ला अस्पतालमा सारिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *