इलाम, २७ पौष । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको अनसन तेस्रो दिन पनि जारी रहेको छ ।
तेस्रो दिनसम्म आइपुग्दा डा. केशीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनसन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको वताइएको छ । उहाँको रक्तचाप कम हुँदै गएको केशीको स्वास्थ्य जाँचमा खटिनुभएका डा. रामकृष्ण आचार्यले जानकारी दिनुभयो । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उहाँको स्वास्थ्य परीक्षण गरेको थियो । चिकित्सकहरुले उहाँको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् । यता जिल्ला अस्पताल इलामबाट उहाँको स्वास्थ्य परिक्षणको रिपोर्ट आइ नसकेको जानकारी दिएको छ ।