Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > ट्राफिक प्रहरीभित्र अनियमितता नभएको खनालको दाबी

ट्राफिक प्रहरीभित्र अनियमितता नभएको खनालको दाबी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दाबी गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो । आज १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताउनु भयो । उहाँले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियाननै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षासमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *