Saturday, January 18, 2025
Home > मुख्य समाचार > ट्राफिक प्रहरीद्वारा खुलेआम रकम असुली

ट्राफिक प्रहरीद्वारा खुलेआम रकम असुली

सुनसरी, १९ माघ । सुनसरीका विभिन्न क्षेत्रहरूमा ट्राफिक प्रहरीले सवारी चेकजाँचको नाममा गैरकानुनी ढंगबाट रकम असुल्ने गरेको पाइएको छ । सुरक्षाको बहाना गर्दै ट्राफिक प्रहरीहरूले सुनसरीको ग्रामीण क्षेत्रहरूसँग जोडिएको मुख्य राजमार्गहरूबाट अवैध रकम असुल्ने गरेको पाइएको हो ।

सुनसरीको चतरास्थित कोशी पुल नजिकै ट्राफिक प्रहरीले सवारी चेकजाँचको बहानामा स्थानीय तथा व्यवसायीबाट अवैध रकम असुल्न गर्न खोज्दै गर्दा हाम्रो क्यामरा ट्राफिक प्रहरीतर्फ मोडिएपछि उनले अतालिदै भने । मैले भेटनरी हैन घाँस खोजेको । उन्को यो वाक्यबाट प्रस्ट हुन्छ रकम असुलीका लागि उनी बहाना बनाइरहेका थिए । ट्राफिक प्रहरीले चतराबाट एक बोलेरो जिपमा खसी बोका लिएर आउँदै गरेको ब्यापारीसँग भेटेनरी र घाँस खै भन्दै रकम असुल्न खोजेका थिए ।  ब्यापारीले पटक–पटक एउटै जिल्लामा चौपाया ओसार्दा भेटेनरी नलाग्ने जिकिर गरिरहँदा ट्राफिक प्रहरीले मानेका थिएनन् । अन्य सवारीलाई छाडेर चौपाया बोकेकोलाई मात्र चेकिङ गरिनु र अनावश्यक रकम असुल्न खोजेको व्यापारीको आरोप छ ।

एउटै जिल्लाभित्र कुनै सामग्री ओसार्नुपर्दा भेटनरी नलाग्ने प्रावधान रहे पनि विभिन्न बहानामा ट्राफिक प्रहरीले दुःख दिने गरेको ब्यापारीहरूले बताउँदै आएका छन् । ट्राफिक प्रहरीले आफूहरूलाई अनावश्यक झण्झट दिएको आरोप लगाएका छन् । एउटै जिल्लामा चौपाया सार्दा कुनै शुल्क नलाग्ने प्रावधान रहे पनि ट्राफिकले यसरी चेकिङको बहानामा अवैध रकम असुल्ने मेलो मात्रै गरेको व्यापारीहरूको आरोप छ । यहाँसम्म कि भेटेनरी चेकिङको अधिकार ट्राफिक प्रहरीलाई नै छैन । तर पनि ब्यापारीहरूलाई चेकिङको नाममा यसरी अवैध रकम असुल्न भने बाँकी राख्दैनन् । यता प्रदेश १ ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता कृष्ण प्रसाईंले ट्राफिक प्रहरीबाट नियम उलल्लंघन गरेको पाइएमा कारबाही हुने बताउनुभयो । यसरी प्रहरी ऐनअनुसार नियम उलंल्घन गर्नेलाई कारबाही गर्ने बताउँदै आएको प्रदेश १ ट्राफिक प्रहरी कार्यलयले भिडियोसहितको समाचार हेरेपछि के गर्छन् गर्लान् । ट्राफिक प्रहरीको यस्तो व्यवहारले आमसर्वसाधारणमा विश्वास गुम्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *