एजेन्सी । थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
सामान्य ४९ रनको लक्ष्य नेपालले ८ दशमलब ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्याे । नेपालको जितमा ओपनर काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । उसका लागि झांग चानले १३, वाङ लुवान्याउ ८ रन बटुल्न सकेका थिए । करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिदा नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन् । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ । नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।