Saturday, January 18, 2025
Home > मुख्य समाचार > ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति नेता शर्माको आपत्ति

ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति नेता शर्माको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।

पूर्व गृहमन्त्री समेत रहनु भएका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई सचेत गराउनु भयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहो¥याउनु भयो । नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्विकार गर्न नसकिने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *