Saturday, January 18, 2025
Home > स्थानीय समाचार > जिल्ला प्रशासनमा पनि कार्य सम्झौता

जिल्ला प्रशासनमा पनि कार्य सम्झौता

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत बिचमा कार्य सम्झौता भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कणेल र गृहमन्त्रालयका सचिव बिचमा भएको कार्य सम्पादन सम्झौताअन्र्तगत धनुषाका प्रमुख जिल्ला अधिकारीले आफनो मातहतका कर्मचारी बिचमा कार्यसम्पादन सम्झौता गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र प्रशासकिय अधिकृत दिपक कर्ण, लेखनाथ खतिवडा र गणेशचन्द्र मिश्र बिचमा सम्झौता भएको छ । प्रमुख जिल्ला अधिकारी कणलेले चालु आर्थिक वर्षमा जनतालाई सेवाप्रवाहको विषयमा विभिन्न सात बुँदे सम्झौता भएको जानकारी दिनुभयो । सम्झौताको आधारमा पनि कर्मचारीहरु बढुवा हुनेछ । जिल्ला प्रशासन कार्यालय धनुषाले गत आर्थिक वर्षमा वंशजको आधारमा १६ हजार ४ सय ८, वैवाहिक अंगिकृत ७ सय ७९ र प्रतिलिपि नागरिकता ९ हजार ४ सय ३३ प्रदान गरेको छ । त्यस्तै ७ हजार ५ सय ३२ राहदानीसमेत वितरण गरेको प्रजिअ कणेलले जानकारी दिनुभयो । १ सय ३६ वटा संस्था दर्ता, ४ सय २५ वटाको नवीकरण गरिएको उहाँले बताउनुभयो । २ हजार ६ सय १४ वटा मुद्दा दर्ता भएकोमा २ सय ९२ वटाको फैशला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *