Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जातीय छुवाछुत अन्त्य गर्न राज्यको मात्र नभएर सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ : मन्त्री कार्की

जातीय छुवाछुत अन्त्य गर्न राज्यको मात्र नभएर सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ : मन्त्री कार्की

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जातीय छुवाछुत अन्त्य गर्न राज्यको मात्र नभएर सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

उहाँले अहिले पनि समाजमा जातीय छुवाछुत कायम रहेको बताउँदै यसको अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जातीय छुवाछुत अन्त्यका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । जातीय छुवाछुतमुक्त प्रदेश बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री कार्कीले आवश्यक सहकार्य र समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा दलित मानवअधिकारको अवस्था र चुनौती बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश १ का प्रमुख न्यायधिवक्त चुडामणी आचार्यले जातीय छुवाछुत, विकास र सभ्यताको कलंक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले मानवअधिकारको पहिलो रक्षक नै प्रहरी भएको बताउनु भयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अहिलेको संविधान मानव अधिकारमैत्री भएको बताउनुभयो । कार्यक्रममा पत्रकार गणेश लम्सालले वर्तमान प्रचलित कानुनमा उल्लेख भएका दलितको पक्षमा मानव अधिकारको अवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *