Saturday, January 18, 2025
Home > मुख्य समाचार > जनता आवास कार्यक्रम लक्षित समुदायमा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण

जनता आवास कार्यक्रम लक्षित समुदायमा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं, २१ पुष । सांसदहरुले जनता आवास कार्यक्रम लक्षित समुदायमा पुग्न नसकेको तथा गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको जनता आवास कार्यक्रम कार्यान्वय नमुना कार्यविधि२०७५ माथिको छलफलमा सहभागी दलित समुदायबाट प्रतिनिधित्व गरेका सांसदहरुले जनता आवास कार्यक्रम प्रभावकारी नभएको गुनासो गरेका हुन् । उनीहरुले जनता आवास कार्यक्रमले जग्गाधनीको लालपुर्जा भएका र प्राकृतिक जोखिम भन्दा बाहिर रहेको समुदायलाई मात्रै समेटेको भन्दै सुकुम्बासी र वास्तविक विपन्न समुदायलाई समेट्ने गरि कार्यविधि परिमार्जन गर्न माग गरेका छन । सांसदहरुले जनता आवास कार्यक्रम मार्फत प्रत्येक आवास निर्माणका लागि छुट्याईएको रकम बढाउन पनि माग गरेका छन । जनता आवास कार्यक्रम मार्फत बनेका घर बस्न लायक नभएको भन्दै उनीहरुले बजेट बढाएर भुकम्प प्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनता आवास कार्यक्रम मुलतः दलित लक्षित कार्यक्रम नै भएको भन्दै संगै सबै विपन्नलाई समेट्नुपर्ने गरि आवास निर्माण कार्य अघि बढाउनुपर्ने बाध्यताले गुणस्तरीय आवास निर्माण गर्न नसकिएको बताउनुभयो । उहाँले ५ लाख दलित तथा विपन्न परिवारलाई आवास निर्माण गर्न प्रति परिवार साढे ३ लाख रुपैयाले मात्रै पनि झण्डै २ खर्ब लाग्ने भएकाले बजेटको सिमिततालाई बुझ्न आग्रह गर्नुभयो ।

उहाँले ११ लाख परिवार गरिबीको रेखामुनी रहेकाले विस्तारै उनीहरुलाई मर्यादित आवासमा राख्नुपर्ने भएकाले सबै आवास बनाउन ४ खर्ब लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *