काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाउनु भयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँडने तत्वहरु पनि सक्रिय भईरहेको दावी गर्नु भयो । आज गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गर्नु भयो । प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।