Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जनकपुरमा भुतमेला !

जनकपुरमा भुतमेला !

कार्तिक पूर्णिमामा कमला स्नानपछि धामीझांक्रिहरु गंगा स्नानका लागि जनकपुर आएका छन् ।

विहानैदेखि जनकपुरको गंगा सागरमा धामी झांक्रीहरुको भिड देखिएको थियो । कार्तिक पुर्णिमाको दिनमा कमला स्नान पछि धामीहरु जनकपुर आउने गरेका छन । पहेलो धोती र सारीमा सजिएका सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै भगत खेल्ने गर्छन् । कमलामा स्नानपछि घर फर्किने बेलामा भक्तजनहरूले कमला नदीको पानी आ–आफ्नो घर लैजाने गर्छन् । त्यसपछि जनकपुर समेत आउने गरेका छन । गंगा सागरमा स्नानपछि उनिहरुको तन्त्रविद्या पाको हुने विश्वास रहेको छ । स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । मेलामा धामीझाँक्रीको विशेष चहलपहल हुने गरेकाले यसलाई भूत मेला भनिन्छ । खासगरी आजको दिन सर्वसाधारणले आफूहरूको सहयोगमा सिद्धि प्राप्त गर्न कमलामा स्नान गर्ने चलन सदियौँदेखि चलिआएको धामीझाँक्री बताउँछन् । स्नानपछि दहीच्युरा खाएर धामीझाँक्री, सर्वसाधारण तथा श्रद्धालु घर फर्केपछि मेला सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *