Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, २७ पुष । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको हो । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाउने पनि स्पष्ट पार्नुभयो । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्देशन र जनप्रनितिनिहरुको राय, सुझावलाई ध्यानमा राखेर जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिइएको मन्त्री अर्यालको भनाइ छ । मन्त्री अर्यालले जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको पनि स्पष्ट पार्नुभयो । २०७४ साल साउन २६ गतेबाट जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले जनतालाई सास्ती दिएपछि सो निर्णय खारेज गर्न बाध्य हुनुपरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *