Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > छलफल गरेर मात्रै पशुपति क्षेत्रको गुरुयोजना बनाउनुपर्छ : थापा

छलफल गरेर मात्रै पशुपति क्षेत्रको गुरुयोजना बनाउनुपर्छ : थापा

काठमाडौं, २५ पुष । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राख्नु भएको छ ।

काँग्रेस नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने बताउनु भएको हो । उहाँले पशुपति क्षेत्रको सबै सम्पदाहरुको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराउनुभयो । आज पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले नेपालको सनातन धर्मकै पवित्र स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । काँग्रेस नेता थापाले स्थानीय जनताको सहभागिताविना नै पशुपति क्षेत्रको विकास गर्छु भन्ने सोच गलत हुने पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *