Saturday, January 18, 2025
Home > मुख्य समाचार > छठ पर्वको तयारी सुरु

छठ पर्वको तयारी सुरु

तिहार सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल सुरु भएको छ ।

जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ । छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पंखासहितका सामग्री प्रगोग गरिने विधि छ । मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने परम्परा छ । छठ पर्व मिथिलाको साझा पर्व जस्तै बनेको छ । अहिले छठ हुने जनकपुरको विभिन्न सरोवरहरुलाई सरसफाई तथा सजाउने कार्यलाई तिव्रता दिइएको छ । मुख्य विधि भोलिदेखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *