Saturday, January 18, 2025
Home > मुख्य समाचार > चेतना संरक्षण प्रतिष्ठान विराटनगरद्धारा विभिन्न विधाका ५ वटा पुरस्कारको घोषणा

चेतना संरक्षण प्रतिष्ठान विराटनगरद्धारा विभिन्न विधाका ५ वटा पुरस्कारको घोषणा

विराटनगर, २ माघ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न विधाका ५ वटा पुरस्कारको घोषणा गरेको छ ।

स्थापनाकालदेखि साहित्य, कला, समाजसेवा, मानवीय धर्म–संस्कृति, पत्रकारितालगायतका क्षेत्रमा समर्पित रहँदै आएको प्रतिष्ठानको कार्यसमिति बैठकले पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीका अनुसार समाजसेवी हरिभक्त सिटौलाद्वारा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कारबाट वरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई पुुरस्कृत गरिने भएको छ । सम्मानपत्रसहित लामिछानेलाई १ लाख १ हजार नगद समर्पण गरिनेछ । यसअघि सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ थियो । त्यस्तै समाजसेवी देवकिसन मुन्दडा तथा देवेनरा परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी मून्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार प्रा.डा. सोमप्रसाद खतिवडा, समाजसेवी दीनबन्धु गोयल तथा श्रीमती उषादेवी गोयलद्वारा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार जीवन विकास विज्ञानका संस्थापक रमेश नेपाललाई प्रदान गरिने भएको छ । त्यस्तै बैठकले समाजसेवी दिनेश सुवेदीद्वारा स्थापित नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार वरिष्ठ पत्रकार युवराज घिमिरे, र साहित्यकार गङ्गा सुवेदीद्वारा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार वरिष्ठ कलाकार मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । चारवटै पुरस्कारको राशि ५१ हजार रहेको छ । घोषित सबै पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा यही माघ २६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *