Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > चिसो बढ्यो

चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि हल्का पानी समेत परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा भएको हो । महाशाखाले अवको तीन दिन यसको प्रभाव रहने जनाएको छ । आइतबारदेखि भने यसको प्रभाव क्रमश घट्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *