Saturday, January 18, 2025
Home > मुख्य समाचार > चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट मुत्यु हुनेको संख्या ४ पुग्यो

चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट मुत्यु हुनेको संख्या ४ पुग्यो

चितवन । चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट मुत्यु हुनेको संख्या ४ पुगेको छ ।

डेङ्गु र स्क्रब टाइफसबाट चितवन मेडिकल कलेजमा तीन र पूरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसी जानकारी दिनुभयो । केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रब टाइफसबाट पूरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि गएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्र नगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रब टाइफस संक्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो । जिल्लाका अस्पतालमा साउन यता एक हजार ९ सय ८ जनाको डेङ्गु परीक्षण गर्दा ६ सय २३ जनामा सक्रण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ । संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *