Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > चितवनको सोमेश्वर गढीमा मूर्तिहरुको फुलबारी

चितवनको सोमेश्वर गढीमा मूर्तिहरुको फुलबारी

चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढी क्षेत्रलाई आकर्षक मूिर्तहरुले सजाइएको छ । नेपाल र भारतको सिमानामा रहेको यो क्षेत्र धार्मिक दृष्टिकोणले समेत परिचित छ । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मूर्तिको फूलबारी निर्माण गरेको जनाएको छ ।

नेपालको एक सय पर्यटकीय गन्तव्यमा परेपछि माडी नगरपालिकाले सोमेश्वर गढी क्षेत्रलाई मूर्तीको फूलबारीको रुपमा विकास गरेको हो । नगरपालिकाले उक्त क्षेत्रमा ५० वटा मूर्ति निर्माण गरेको जनाएको छ । माडी नगरपालिका र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त योजनामा यस क्षेत्रमा मूर्ती निर्माण गरिएको हो । नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले राष्ट्रियस्तरका २९ जना मूर्तीकारहरुले मूर्ती बनाएको जानकारी दिनुभयो । सोमेश्वर गढी क्षेत्रलाई मूर्तीहरुको खुल्ला संग्रालयको रुपमा चिनाउन यसले सहयोग गर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ती विभागका प्रमुख लालकाजी लामाले बताउनुभयो । एकै स्थानमा धेरै मूर्ती हँुदा भविष्यमा मूर्ती सम्बन्धी अनुसन्धान गर्नेहरुका लागि समेत सहयोग पुग्ने उहाँको भनाई छ ।

गढी क्षेत्रको जंगलमै रहेका ढुङ्गाहरुमा ऐतिहासीक, धार्मिक र सांस्कृतिक झल्कने खालका मूर्ती कुदिएको छ । कुदिएका मूर्तीले यस क्षेत्रको पर्यटनलाई थप टेवा दिने मात्र नभएर पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्न समेत सघाउ पुर्याउने विश्वास नगरपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *