Saturday, January 18, 2025
Home > आर्थिक समाचार > चितवनको लामो झरनामा रमाउन पर्यटकको घुइँचो

चितवनको लामो झरनामा रमाउन पर्यटकको घुइँचो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हेर्ने पुग्ने पर्यटकको सख्यामा पछिल्लो समय वृद्धि भएको छ ।

गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १ सय जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ छ । नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५ सय ४३ पर्यटक झरनामा पुगेको टिकट काउण्टरको रेकर्ड छ । अन्य बिदाका दिन भने सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन । झरनामा ‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’ गर्न काठमाडौँ तथा विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ६० मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । झरनामा मुग्लिनबाट सात किलोमिटर वा नारायणगढतर्फ जलबीरेबाट आधा घण्टा हिँडेर वा सबारीसाधनबाटै पनि पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *