Saturday, January 18, 2025
Home > आर्थिक समाचार > चितवनको बजेट खर्च न्युन

चितवनको बजेट खर्च न्युन

चितवन । चालु आर्थिक वर्ष २०७५÷०७६ को नौ महिनाको अवधिमा चितवनको पुँजीगत खर्च ३५ प्रतिशत मात्रै देखिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले दिएको जानकारी अनुसार यस वर्षका लागि चार अर्ब ६ करोड ८९ लाख १६ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन भएको थियो । विकासे कार्यालयहरुले भौतिक प्रगति धेरै गरेको भएपनि आर्थिक प्रगति भने न्यून देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले जनाएको छ । पुँजीगत खर्चमा कमी देखिएपनि चितवनमा चालु खर्च भने ६७ प्रतिशत देखिएको छ । चितवनमा आठ अर्ब ५१ करोड ७१ लाख ७७ हजार रुपैयाँमध्ये पाँच अर्ब ७७ करोड ६९ लाख ९३ हजार रुपैयाँ चालु खर्च भएको छ । जिल्लामा संघीय बजेटको तुलनामा प्रदेश सरकारले पठाएको पुँजीगत खर्च अझै न्यून देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *