Saturday, January 18, 2025
Home > मुख्य समाचार > चिठ्ठा कारोबारी पक्राउ

चिठ्ठा कारोबारी पक्राउ

झापा । नेपाली सीमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठा बेचबिखन गर्ने कारोबारी बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरले एक भारतीय युवकलाई ठूलो परिणामको चिठ्ठासहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगला दार्जिलिङ जिल्ला डेङगुजोत बस्ने २० वर्षीय मोहम्मद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भद्रपुर ६ स्थित भानुनगर नजिकै डब्लुबि ७४ एभि ५२९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार एनसउललाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको प्यालिष्टको झोलाबाट भारतीय चिठ्ठा बरामद गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बंगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिठ्ठा बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । युवक एनसउलले भारतबाट चिठ्ठा ल्याएर भद्रपुरका व्यक्तिहरुलाई बिक्रीवितरण गर्दै आइरहेको अनुसन्धानको क्रममा खुलेको छए । यता पक्राउ परेका एनसउललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *