Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > चन्द्रगढी विमानस्थको निरन्तरको प्रयासपछि अहिले स्वरुप परिर्वतन

चन्द्रगढी विमानस्थको निरन्तरको प्रयासपछि अहिले स्वरुप परिर्वतन

लामो समय देखि थप संरक्षणको गुहार मागिरहेको झापाको चन्द्रगढी विमानस्थको निरन्तरको प्रयासपछि अहिले स्वरुप परिर्वतन भएको छ । अब यसलाई अन्तराष्ट्रिय स्तरको बनाउन गुरुयोजनासहित विमानस्थलको स्तरउन्नतीको तयारी गरिएको छ ।

झापाको भद्रपुर स्थित चन्द्रगढी बिमानस्थलको स्तरउन्नतीको काम सुरुवात भए सगैं हिले विमानस्थलले काचुली फेर्दै सुविधा सम्पन्न देखिन थालेको छ । ५२ वर्ष अगाडि स्थापना भएको यो विमानस्थल अहिले सुन्दर र आर्कषक देखिन थालेको छ । अहिले दैनिकी ८ सय जनाले यो विमानस्थलबाट आवत जावत गर्दै आएका छन । भारत, भुटान , वंगलादेश, वर्मा लगाएत पूर्वीनेपालका सर्वसाधारणले यो विमानस्थल प्रयोग गरेको पाईन्छ । स्थापनाको पाँच दशकपछि विमानस्थलको दीर्घकालीन गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनाअनुसार विमानस्थलको विकास तथा विस्तारको लागि एक सय बिघा जमिन तत्काल अधिग्रहण गर्नुपर्ने छ । १५०० मिटर लम्वाई र ३० मिटर चौडा रन वे रहेको यो विमानस्थलको स्तरउन्नतीको तयारी भएको हो । हाल ६० विगाहा क्षेत्रफलबाट वढाएर विमानस्थलको क्षेत्र १६० विगाहा बनाउने गुरुयोजना तयार गरिएको छ । यसका लागि संघीय सरकारले सहयोग गर्नेछ ।

२०३६ सालमा घाँसे धावनमार्गबाट उडान सेवा शुरु गरेको चन्द्रगढी बिमानस्थलको स्तरउन्नतीेपछि अहिले रात्रीकालीन उडान समेत सुरु भएको छ । हाल यहाको टावरले १८ किलो मिटरको प्रत्यक्ष कन्ट्रोल गर्ने गर्दछ । विमानस्थलबाट अब चाडै पोखरा , लुम्विनी ,ताप्लेजुङ्ग सम्म सिधा उडान गरिने र कुनै पनि बेला आपतकालिन जहाज अवतरण गराउन सकिने ब्यवस्था गरिएको विमानस्थलका प्रमुख पूर्ण चुडालको भनाई छ ।  अन्तराष्ट्रिय मापदण्ड अनुसार रन वे देखि १६० मिटर सेफजोन भएकोले यो विमान स्थललाई समयमै स्तरउन्नती गर्न जरुरी रहेको वरिष्ठ अधिकृत विष्णु पौडेलले बताउनुभयो ।

बुद्ध, श्री, सौर्य, यति र नेपाल एयरलाइन्सले नियमित उडान भर्दै आएको बिमानस्थलमा उडानहरु थप गर्नका लागि आवश्यक प्रक्रियाहरु भइरहेको पनि जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *