झापा । चट्याङ लागेर झापाको भद्रपुरमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई आज विहान २ बजे चट्याङले लागेको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारकालागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । झापामा गत चैत २३ गते पनि मेचीनगर नगरपालिका १५ ज्यामिरगढी बस्ने ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको थियो ।