Saturday, January 18, 2025
Home > मुख्य समाचार > गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न प्रधानमन्त्रीको आग्रह

गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको हो । सांसद गगन थापाले सरकारले डाक्टर केसीसंग गरेको सम्झौता विपरित हुने गरी संसदीय समितिले प्रतिवेदन पेस गरेको भन्दै प्रधानमन्त्रीले चाहाना राखे पुर्व सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने थियो भन्ने जिशासामा प्रधानामन्त्रीले संसदको सर्वोच्चता र कानूनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको हो । उहाँले संसद र संसदीय सर्वोच्चताको आफुले सम्मान गर्ने भन्दै सरकारले संसदलाई निर्देशन दिन नसक्ने बताउनुभयो । उहाँले डाक्टर केसी संग भएको सम्झौता अनुसार नै सरकारले संसदमा विधेयक पेश गरेको बताएपनि सरकारले गरेको सम्झौता अनुसार नै विधेयक पास गर्ने ÷ नगर्ने सर्वोच्चता संसदसंग मात्रै रहेको र त्यसैलाई आफुले स्वीकार गर्ने बताउनुभयो । सरकारले जे ल्यायो त्यो पास गर्नु विधिसम्मत नहुने भन्दै विधि निर्माणको सवालमा संसदलाई बाध्यपार्न र गुमराहमा धकेल्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *