Saturday, January 18, 2025
Home > मुख्य समाचार > गृहमन्त्रीद्धारा पछिल्लो समसामयिक घटना तथा शान्ति सुरक्षा बारे संसदलाई जानकारी

गृहमन्त्रीद्धारा पछिल्लो समसामयिक घटना तथा शान्ति सुरक्षा बारे संसदलाई जानकारी

काठमाडौं । सरकारले मुलुकको पछिल्लो समसामयिक घटना तथा समग्र शान्ति सुरक्षाको अवस्था बारे संघीय संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हिजो र आज काठमाडौ लगायत मुलुकभरका विभिन्न स्थानमा भएका घटनाबारे सदनलाई जानकारी गराउनुभएको हो । मन्त्री थापाले विप्लब समूहले मुलुकको शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गरि क्रियाकलाप अघि बढाएको उल्लेख गर्दे त्यस तर्फ सरकार सजग रहेको बताउनुभयो । उहाँले केही समय यता नेकपा विप्लब समूहले संविधान र राज्यव्यवस्था विरुद्ध गैह्कानुनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधि गर्दे आएको, जनसरकारको रुपमा जनपरिषद् गठन गरेको , जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको तथा नेकपा नामको पार्टी गठन गरी गैह् कानुनी र शसस्त्र गतिविधिहरु संचालन गर्दे आएको उल्लेख गर्नुभयो । यद्यपि विप्लब समूहका क्रियाकलापलाई नियन्त्रण गरि वार्ताद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अघि बढाईएको भन्दै उहाँले सो समूहलाई मुलधारमा ल्याई गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध रहेको बताउनुभयो ।

हिजो काठमाडौसहित मुलुकका विभिन्न स्थानमा विस्फोट भएको, कयौ स्थानमा शंकास्पद वस्तु फेला परेको जानकारी गराउदै उहाँले राजधानीमा भएका विष्फोटमा परि मृत्यु हुने विप्लब समूहसंग सम्बद्ध रहेको र घाईते मध्य अधिकांश विप्लब समूहकै कार्यकर्ता रहेको बताउनुभयो ।उहाँले समाजमा आंतक फैलाउने मनसायका साथ काठमाडौं, सर्लाही, ललितपुर, मकवानपुर, झापा, धादिङ, दार्चुला, कास्की, मोरङ, भक्तपुर, स्याङजा, रौतहट, वैतडी तनँहुमा समेत शंकास्पद वस्तु र विस्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाले ती पदार्थलाई निस्कृय पार्ने काम गरेको जानकारी गराउनुभयो । उहाँले अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । शैक्षिक संस्थाहरु र लामो दुरीका यातायात सेवामा बन्दको आंशिक प्रभाव देखिए पनि अन्य क्षेत्रको जनजीवन सामान्य रहेको उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *