Saturday, January 18, 2025
Home > मुख्य समाचार > गुठी विधेयक खारेज गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

गुठी विधेयक खारेज गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आज बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो । धरपक्कडमा परी एक दर्जनबढि घाईते भएका छन । सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिनुभयो । गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति छ । दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले सो विधेयक २ दिनभित्र फिर्ता नलिए सिंगो देश नै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *