Saturday, January 18, 2025
Home > मुख्य समाचार > गिधनियामा दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन टाङ्ने कार्य शुरु

गिधनियामा दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन टाङ्ने कार्य शुरु

मोरङको ग्रामथान गाँउपालिका वडा नं. ५ गिधनियामा दुहबी कटहरी ३३ केभी विद्युत प्रसारण लाइन टाङ्ने कार्य शुरु गरिएको छ ।

स्थानीयले हाईटेन्सनको लाइनका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै अवरोध गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा विद्युत प्रसारण लाइन तान्नका लागि प्लाष्टिकका पाइपहरु ओच्छ्याउने कार्य शुरु गरिएको हो । पोलबाट विद्युत लाइन तान्न नदिने भएपछि बाटो मुनीबाट विद्युत लाइन तान्न थालिएको हो । गिधनियाको करिब ३ किलोमिटर क्षेत्रमा बाटो खन्न ६ वटा स्काभेटर प्रयोग गरिएको छ । गत कार्तिक १ गते प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईको पहलमा विराटनगरमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ, त्यस क्षेत्रका संघिय सांसद अमनलाल मोदी र ग्रामथान गाँउपालिका अध्यक्ष बीच सो क्षेत्र भएर ४५ दिन भित्र प्रसारण लाइन निर्माण सक्ने सहमति भएको थियो । सहमति विपरित केही व्यक्तिले अझै पनि अवरोध सिर्जना गर्ने कार्य गरेपछि प्रहरी लगाएर प्रसारण लाइन तान्ने कार्य थालिएको विद्युत प्राधिकरणले जनाएको छ । गिधनिया बस्तीको करिब ३ किलोमिटरमा महिनौं देखि प्रसारण लाइन तान्न नसक्दा कटहरीमा निर्माण गरिएको सबस्टेशन चार्ज हुन सकेको छैन । यसले गर्दा कटहरी रंगेली कोरिडोरमा लो भोल्टेज र विद्युत ट्रिपिङको समस्या भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *