Saturday, January 18, 2025
Home > मुख्य समाचार > गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको बलि

गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको बलि

बाराको गढीमाई पञ्च वर्षिय मेलामा आज राँगाको वलि दिईएको छ ।

गढीमाई देवीको मन्दिरदेखि करिब तीन सय मिटर पूर्व रहेको ब्रम्ह स्थानमा विशेष पुजा आजा गर्दै मुसा,सुङ्गगुर,बोका ,राँगाको बली दिएर धामीले आफ्नों शरिरको पाँच स्थानबाट रगत निकालेर चढाए पछि बली खुलेको हो । तान्त्रिक दुखा धामीले आफ्नों शरिरको निधार , कान , जिब्रो , दाहिने छाती , दाहिने तिघ्राबाट रगत निकालि चढाउँने परम्परा अनुसार रगत चढाएका हुँन् । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई पशुबलीका लागि विश्व प्रसिद्ध छ । भक्तजनहरुले भाकल चढाउँन बोका , राँगा ल्याई भोग चढाउँदै आईरहेका छन् । श्रद्धालु भक्तजनहरुले बलीका लागि ल्याएका राँगालाई ब्रम्ह स्थानसँगैको बधशालामा संकलन गरेका छन् । यसरी संकलन गरिएका राँगालाई गढीमाई पुजा व्यवस्थापन समितिले तोकेका तीन सय जना स्वंयम सेवकहरुले बली चढाउँने गरेका छन् । यस वर्ष पनि हजारौंको संख्यामा राँगा र बोकाको बली भइरहेको गढीमाई पुजा व्यवस्थापन समितिले जनाएको छ । मेला अवधि भर डेढ करोड भन्दा बढीले मेला भर्ने अनुमान गढीमाई मेला व्यवस्थापन समितिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *