Saturday, January 18, 2025
Home > मुख्य समाचार > खोला अवैध रुपमा उत्खनन् गर्नेलाई फितलो कारबाही

खोला अवैध रुपमा उत्खनन् गर्नेलाई फितलो कारबाही

विराटनगर । अवैध खोला उत्खनन्को क्रममा सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारीसाधन न्यून जरिवाना तिरेर छुटाइएका छन् । झुठो विवरणको आधारमा ३ ट्रिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएको छ ।

विराटनगरको ४ नम्बर वडा र दुहबीको वडा नम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरुपमा भरौट उत्खननमा प्रयोग गरिरहेको अवस्थामा मोरङ प्रहरीले सोमबार १ दर्जन सवारीसाधन नियन्त्रणमा लिएको थियो । सो क्रममा विराटनगरतर्फबाट ४ वटा ट्रयाक्टर र दुहबीतर्फबाट भरौट खन्न प्रयोग गरिएको एउटा एस्काभेटरसहित ७ वटा ट्रिपर नियन्त्रणमा लिइएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी तथा मोरङका डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरीले मोरङ र सुनसरीतर्फबाट ती सवारीसाधन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टर महानगरपालिकाले थप कार्वाहीका लागि त्यहाँको वडा कार्यालयमा पठाएको थियो । ती ट्रयाक्टरहरुलाई वडा कार्यालयले प्रति ट्रयाक्टर २ हजारका दरले जरिवाना गरेको छ । घटनास्थल भन्दा पनि कञ्चनवारी चोकबाट ट्रयाक्टर नियन्त्रणमा लिइएकाले कम जरिवाना गरिएको वडाध्यक्ष देवेन्द्रराज पोख्रेलको भ नाइ छ ।

वडाध्यक्ष पोख्रेलले यस्तो दाबी गरिरँदा घटनास्थलको यो दृश्य हेर्नुस् त माटो बोकेर डिलतर्फ आउँदै गरेका ट्रयाक्टर चालकहरु यसरी भागेका थिए । यो केशलिया खोलाको डिलमा खिचिएको दुश्य हो । यसअघि सोही ठाउँबाट भदौ ९ गते नियन्त्रणमा लिइएका ४ वटा ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजार जरिवाना गरेको थियो । प्रहरी र पत्रकारसहितको टोली घटनास्थलमा पुग्दा सुनसरीतर्फ एस्काभेटर प्रयोग गरेर नियमविपरीत उत्खनन हुँदै थियो । खोलाको मुल बहाव तथा नजिकै रहेको पुलभन्दा ३ सय १० मिटर उत्तरतर्फ अवैधरुपमा भरौट उत्खनन् कार्य जारी थियो । त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको ७ ट्रिपर र एउटा एस्काभेटर थप कारबाहीका लागि प्रहरीमार्फत दुहबी नगरपालिकामा पठाएको थियो । तर दुहबी नगरपालिकाले भने ३ वटा ट्रिपरलाई बिना कारबाही तथा उत्खनन्मा एस्काभेटर प्रयोग नभएको भन्दै त्यसै छाडेको छ । बाँकी ३ ट्रिपरलाई भने ५÷५ हजारको जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । घटनास्थलमा सञ्चारकर्मी समेत पुगेको र एस्काभेटरसमेत प्रयोग भएको विषयमा प्रतिप्रश्न गर्दा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको जवाफ यस्तो थियो ।

मेयरले सडक निर्माणमा एस्काभेटर खटिएको दाबी गरिरहँदा यो दृश्य हेर्नुस त खोला नजिकैबाट उत्खनन गरेर एस्काभेटरले ट्रिपरमा लोड गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *