Saturday, January 18, 2025
Home > खेलकुद समाचार > खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल भएको छ ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ । सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो । सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताउनुभयो । केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उहाँले सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागि भएको र ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिईयो भने त्यो कति उपयुक्त हुन्छ ? भनी प्रश्न गर्नुभयो ।

बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा भने सहमति जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *