Saturday, January 18, 2025
Home > मुख्य समाचार > खण्डग्रास सूर्यग्रहण लाग्यो

खण्डग्रास सूर्यग्रहण लाग्यो

आज खण्डग्रास सूर्यग्रहण लागेको छ । ग्रहण विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिएको छ ।

नेपालमा बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएको ग्रहण ११ बजेर ३१ मिनेटमा मोक्ष भएको छ । सूर्यग्रहण २ घण्टा ४९ मिनेट लागेको छ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएको छ । ग्रहणको सूतक गएराति ८ बजेर ४२ मिनेटमै सुरु भएकाले हिजो बेलुकी देखि ग्रहण मोक्ष नभएसम्म नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न नहुने मान्यता थियो । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । आजको सूर्यग्रहण विक्रम संवत् अनुसार पनि २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *