Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी ब्यारेजका ४० ढोका खोलिए, ढोका बन्द गर्न भारतिय दबाव

कोशी ब्यारेजका ४० ढोका खोलिए, ढोका बन्द गर्न भारतिय दबाव

सुनसरी । सप्तकोशी नदीमा पानीको स्तर बढ्दो क्रममा रहँदा खोलिएका ब्यारेजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको छ ।

कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको स्रोतको भनाइ छ । यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् । नेपाल तर्फका सुरक्षा निकायले भने ब्यारेज कन्ट्रोललाई ढोका खोल्न निर्देशन दिएको बताइएको छ । नेपाली सुरक्षा स्रोतका अनुसार कोशीमा पानी बढ्ने क्रमसँगै ४० ढोका खोलिँदा बिहार क्षेत्रका धेरै स्थानमा नदीको पानी पसेको कारण देखाउँदै भारतीय पक्षले ढोका बन्द गर्न भनेको हो । सुनसरी स्थित कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ । कोशीमा पानी बढ्ने क्रम जारी रहेको अवस्थामा ब्यारेजका ढोका नखोलिए नेपाली भूभाग तर्फ खतरा बढ्न सक्ने सम्भावना रहन्छ । सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहाव ३ लाख ७ हजार ६ सय ५७ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ४० ढोका खोलिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *