Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग

कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग

विराटनगर । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग गरेको छ ।

मोरङ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापनपत्र पठाउँदै सुरक्षा टुकडी राख्न माग गरेको हो । कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंहले कोइराला निवासको ऐतिहासिकतामाथि नै प्रश्न उठ्ने गरी सुरक्षा टुकडी हटाउनु अनुचित भएको बताउनु भयो । कांग्रेसका मोरङ सचिव मोदराज घिमिरेले सरकारले हठात निर्णय गरेर सुरक्षाकर्मी हटाएकोले त्यो फिर्ता हुनुपर्ने बताउनु भयो । उहाँले कोइराला निवास कुनै पार्टीको व्यक्ति भन्दा पनि सबैको सझा धरोहर भएको स्पष्ट पार्नुभयो । गत जेठ १४ गते सरकारले सबै पूर्व विशिष्टहरुको निवासबाट सुरक्षाकर्मी हटाउने निर्णय गरेको थियो । कोइराला निवासमा २०५४ सालमा माओवादीले पछाडिबाट बम प्रहार गरेपछि सरकारले सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यहाँ सशस्त्र प्रहरीले सुरक्षा दिंदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *