एजेन्सी । केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ ।
यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ । यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विशक घाइते भएका छन् । सर्वाेच्च अदालतले तीन महिनाअघि सबै उमेरका महिलालाई प्रवेशमा अनुमति दिएको थियो । भाजपा र हिन्दु संगठनहरुले अदालतको यस्तो फैसलाको विरोध गरेका हुन् । जहाँ अदालतको फैसला लागू गराउने पक्ष र विपक्षमा प्रदर्शन गर्दा हिंसा भड्कीएको हो । भाजपाले आफ्ना नेताहरुको घरमा बम हमला भएको घटनामा आरएसएसका स्वयंसेवकको हात रहेको आरोप लगाउँदै आएका छन् । यस क्रममा १७ सय ३८ जना प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुने भनिएको भ्रमण स्थगित गरिएको छ ।