Saturday, January 18, 2025
Home > मुख्य समाचार > कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि आज उक्त आदेश दिइएको हो । गएको असोज १९ गते पक्राउ परेका महरा बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका थिए । आज अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । आइतबार सरकारी वकिलको तर्फबाट चारजनाले बहस गरेका थिए भने महराको पक्षबाट भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए । सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरे । महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् । न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा फर्किएकी थिइन् । प्रहरीले दर्ता गरेको अभियोजनपत्रअनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्दासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *