Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कृषियोग्य जमिन बांझो राखेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने मन्त्री अर्यालको भनाइ

कृषियोग्य जमिन बांझो राखेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने मन्त्री अर्यालको भनाइ

विराटनगर । भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कृषियोग्य जमिन बांझो राखेर समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दे उहांले जग्गाको उपयुक्तताको आधारमा बर्गिकरण गरेर सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहांले मुख्य श्रोतकोरुपमा रहेको भुमिलाई ब्यवस्थापन गर्न सरकारले काम गरिरहेको बताउनुहुंदै कृषियोग्य जग्गालाई अधिकतम सदुपयोग गर्नुृपर्ने बताउनुभयो । मन्त्री अर्यालले कृषियोग्य जमिनलाई अधिकतम सदुपयोगगर्ने र खण्डीकरण गर्न नपाईनेगरि ऐन बनाईएको पनि बताउनुभयो । उहांले भूमिलाई अधिकतम सदुपयोग गर्ने बिषयमा पहिलो चरणमा सचेतना कार्यक्रम संचालन गरिनुका साथै सदुपयोग गर्नेलाई प्रोत्साहनस्वरुप बिउबिजन,अनुदान र सहयोग उपलब्ध गराइने बताउनुभयो । उहांले चालु आर्थिक बर्षभित्रै देशभरिका १०८ वटा मालपोत र नापी कार्यालयहरुमा अनलाईन सेवाबाट काम शुरु गरिने जानकारी समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *