Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कुप्रथाको अन्त्य गर्न मानव अधिकार आयोगको आग्रह

कुप्रथाको अन्त्य गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं, ८ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडीजस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउन ढिलाई नहुने पनि स्पष्ट पार्नु भयो । आज ललितपुरमा एक कार्यक्रमकाबीच ‘छाउपडीसम्बन्धि राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक गर्दे उहाँले जनचेतनाको माध्यामबाट छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । छाउपडीले महिलाहरुको ज्यानै ज्यान थालेपछि आयोगले सो सम्बन्धमा जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै आएको अध्यक्ष शर्माको भनाई छ । अध्यक्ष शर्माले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले चासो दिएर अभियान संचालन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले सो कुप्रथा अन्त्यका लागि पीडित पक्षलाई पनि जागरुक बन्न सचेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *